काठमाण्डौं : पछिल्लो समय चर्चामा रहेको दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले नवौं दिनसम्म पनि विश्वभर राम्रो व्यापार गरिरहेको छ। स्टोरी, फायर र वाटरको थिममा देखाइएको तीन ‘आरआरआर’ ले पहिलो दिनमा नै २ सय २३ करोड कमाइ गरेर रेकर्ड बनाएको थियो।
यो फिल्मले एक सातामै ७५० करोड व्यापार गरे पनि अझै बढाउने निश्चित छ। फिल्मले दर्शकको मन जितेसँगै यसको शो घटेका छैनन् भने दर्शक बढिरहेका छन् ।
‘आरआरआर’ ले बक्स अफिसमा आफूलाई एक हजार करोडतर्फ अगाडि बढाएको छ ।
बाहुबली निर्देशक एसएस राजामौलीद्वारा निर्देशित चलचित्र आरआरआर हाल सर्वाधिक कमाइको रेकर्ड राख्न सफल चलचित्रको रूपमा स्थापित भएको छ ।
डीभीभी इन्टरटेन्मेन्टको लगानी रहेको फिल्ममा दक्षिण भारतका चर्चित अभिनेताद्वय जुनिअर एनटीआर र रामचरणको प्रमुख भूमिका छ। फिल्ममा अजय देवगनका साथै आलिया भट्टको पनि अभिनय देख्न सकिन्छ।
फिल्म निर्माणबारे सन् २०१८ को मार्चमै घोषणा गरिएको थियो। फिल्मको मुख्य छायांकन नोभेम्बर २०१८ मा हैदरावादबाट भएको थियो। फिल्मका केही दृश्य बुल्गेरियार युक्रेनमा पनि छायांकन गरिएको जनाइएको छ।
४ सय करोडको कुल लगानीमा निर्माण गरिएको बताइएको यस चलचित्रका कलाकारहरूका लागि पनि राम्रै लगानी गरिएको देखिन्छ।
तपाइँको प्रतिक्रीया