२०८२ जेठ २२ बुधबार

राशिफल

अर्को नयाँ कोरोनाभाइरसको ‘रिकम्बिनेन्ट’ भेरियन्ट फेला पर्यो  :  डब्लूएचओ

काठमाडौं  :  विश्व स्वास्थ्य संगठन (डब्यूएचओ) ले सार्स–कोभ–२ भाइरसको नयाँ भेरियन्ट फेला पारेको छ । पुराना भेरियन्ट मिलेर बनेको एक्सई रिकम्बिनेन्ट बेलायतमा फेला परेको हो र यो पहिलेका भेरियन्टभन्दा पनि निकै सङ्क्रामक रहेको बताइएको छ ।

महामारीसम्बन्धी साप्ताहिक अपडेटमा यो नयाँ भेरियन्ट गत जनवरी १९ मा बेलायतमा फेला परेको र त्यसयता ६ सयभन्दा बढीमा यसको सङ्क्रमण पुष्टि भइसकेको डब्लूएचओले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानमा ओमिक्रोनको बीए–२ भेरियन्टभन्दा यो १० प्रतिशत बढी सङ्क्रामक रहेको पाइएको र यसबारे थप अनुसन्धान गर्न बाँकी रहेको डब्यूएचओको भनाइ छ ।

बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सी (यूकेएचएसए) ले हालसम्म सार्स–कोभ–२ भेरियन्टका तीन नयाँ रिकम्बिनेन्ट्स (पुराना भेरियन्टहरु मिलेर बनेको नयाँ भेरिन्यन्ट) पत्ता लगाएका छन् ।

यसअघिका महामारीमा यस्ता रिकम्बिनेन्ट्सहरु देखिएका थिए । युकेएचएसएका अनुसार एक्सएफ भेरियन्ट हालसम्म मात्र ३८ जनामा देखिएको छ र यो मध्य फेब्रुअरीदेखि कसैमा देखिएको छ ।

एक्सडी पनि बेलायत फेला परेको छैन भने विश्वभर यसका ४९ केसमात्र फेला परेका छन् । यद्यपि, बेलायतमा एक्सई भेरियन्टका ६३७ केस फेला परिसकेका छन् ।