काठमाण्डौं : पाकिस्तानमा प्रधानमन्त्री इमरान खानविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव संसदका उपसभामुखले खारेज गरिदिएका छन्।
आइतबार बसेको नेसनल एसेम्ब्लीको बैठकमा उपसभामुख कासिम खान सुरीले प्रधानमन्त्री खानविरूद्धको अविश्वास प्रस्ताव असंवैधानिक भन्दै खारेज गरिदिएको द डनले उल्लेख गरेको छ।
अविश्वास प्रस्ताव राखेज भएसँगै संसद बैठक पनि स्थगित गरिएको छ।
३४२ सदस्यीय संसदमा बहुमतका लागि १७२ सिट आवश्यक हुन्छ। सत्तारूढ गठबन्धनका केही दल र उनकै पार्टीका सांसदहरूले साथ नदिने भएपछि खान अल्पमतमा परेको बताइन्छ।
तपाइँको प्रतिक्रीया