काठमाडौं : इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजान आइतबारदेखि सुरु भएको छ । राष्ट्रिय मदरसा संघ नेपालले प्रेस विज्ञप्ति जारी गरी आइतबारदेखि रमजानको व्रत सुरु भएको जानकारी दिएको छ ।
राष्ट्रिय मदरसा संघ नेपालका महासचिव मौलाना मशहुद खाँ नेपालीका अनुसार पवित्र महिना रमजानमा इस्लाम धर्मावलम्बी रमजान ३० दिनसम्म रोजा व्रत बसी इबादत अल्लाहसँग प्रार्थना र आफूले गरेको गल्तीको पश्चाताप गरी क्षमायाचना माग्ने चलन रहिआएको छ ।
रमजानमा गरिब परिवारमा दान दक्षिणा सदका जकातसमेत दिइने चलन छ । जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगरको रमजान महिनामा रोजा बस्ने समयसरणीअनुसार यसपालि लगभग १४ घण्टा निराजल व्रत राख्नुपर्ने बताउका छन्,।
तपाइँको प्रतिक्रीया