२०८२ जेठ ३२ शनिवार

राशिफल

दिल्लीको नेपाली दूतावासमा ‘चुच्चे नक्सा किन झुन्डिएन ? : केपि ओली

काठमाडौं  :  एमाले अध्यक्ष केपी ओलीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दिल्लीस्थित दूतावासमा चुच्चे नक्सा झुन्ड्याएर फर्किने कि त्यसै फर्किने भनेर प्रश्न गरेका छन् ।

एमाले निकट बुद्धिजीवी परिषद्को १० औं राष्ट्रिय अधिवेशनमा आज आइतबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले
भारतबाट फर्कदा नेपाली दुतावासमा चुच्चे नक्सा झुन्ड्याएर अर्थात कार्यन्वयन गराएर आउनु पर्ने ओली बताएका छन ।

केपि शर्माको पालामा चुच्चे नक्सा जारी गरिएको थियो । भारतले पहिलादेखि नै लुटेको नेपाली भूमी फर्काउनका लागि सरकारमा रहेका बेलामा केपि ओलीे चुच्चे नक्सा निकालेका हुन ।

तर अहिलेसम्म पनि यस्को बास्तविक परिणाम कार्यन्वयनमा आउन सकेको छैन । ‘प्रधानमन्त्रीज्यू, भारत भ्रमणबाट दूतावासमा चुच्चे नक्सा झुन्ड्याएर फर्किनुहुन्छ कि त्यसै भनि शनिबार दूतावासमा आयोजित कार्यक्रममा चुच्चे नक्सा प्रयोग नभएकोप्रति आपत्ति जनाउँदै उनले यस्तो प्रश्न गरेका हुन् ।

देउवा सरकारको १०० दिनको अवसरमा प्रकाशित पुस्तकमा पनि ‘चुच्चे नक्सा नभई बुच्चे नक्सा राखेको र अहिले दूतावासमा पनि बुच्चे नक्सा राखेको उनले आरोप लगा्एका छन ।