काठमाण्डौं : सेन्ट्रल फाईनन्सले झापाको विर्तामोडमा नयाँ शाखा विस्तार गरेको छ । फाइनन्सले गुणस्तरीय बैंकिङ सेवामा सहज पहुँच विस्तार गर्नका लागि आजबाट शाखा संचालनमा ल्याएको हो ।
२०५४ साल बैशाखदेखि सञ्चालनमा आएको यस वित्तीय संस्थाको २०७७ चैत मसान्त सम्ममा चुक्ता पुँजी रु. ८८ करोड १० लाख, निक्षेप रु. ५ अर्ब २६ करोड ६१ लाख र कर्जा लगानी रु. ३ अर्ब ८७ करोड ८३ लाख रहेको छ ।
ललितपुरको कुपण्डोल केन्द्रीय कार्यालय रहेको संस्थाको काठमाण्डौंको चावहिल, गोंगबु, गणेस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटबल, भक्तपु्रको च्याम्हासिंह, महोत्तरीको बर्दिवास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान, सर्लाहीको लालबन्दी र सिन्धु्लीको डकाहा, धनुषाको जनकपुर गरी १२ ओटा, भक्तपुरको सल्लाघारीमा १ ओटा एक्टेन्सन काउन्टर रहेको छ ।
शाखा संञ्जाल विस्तार गर्दै वित्तीय सेवा तथा पहुँच बढाउँने उद्धेश्य अनुरुप प्रदेश १ को झापाको बिर्तामोडमा पनि शाखा विस्तार गरेको फाईनन्सले जनाएको छ ।
बिर्तामोडमा विस्तार गरेको शाखासहित अब सेन्ट्रल फाईनन्सको जम्मा १६ ओटा शाखा भएको छ ।
तपाइँको प्रतिक्रीया