२०८२ जेठ ३२ शनिवार

राशिफल

भर्चुअल माध्यमबाट देउवाले गरे वृद्धाश्रमको शिलान्यास

काठमाडौं  : भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक महानगर ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमि पूजनसहित शिलान्यास गरे ।

उक्त अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थिति रहेका थिए ।

नेपाल सरकारले वृद्धाश्रमका निम्ति रु एक करोड विनियोजन गरेको र अहिलेसम्म सो भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ ।

नेपालबाट तीर्थयात्रामा यहाँ आउनेहरूका लागि उक्त वृद्धाश्रम निर्माण गर्न लागिएको र निमार्ण गरिने भनेको उक्त भवनमा ३५ कोठा रहनेछन् । भवन नेपाली शैलीको हुने र यसको मापन भने पुरातत्व विभागले गरेर भवनको नक्साङ्कनको काम गरिरहेको छ ।

प्रधानमन्त्री देउवा आजै अपराह्न यहाँबाट नयाँ दिल्लीका लागि प्रस्थान गर्नुहुनेछ भने साँझ नयाँ दिल्लीबाट काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ ।