काठमाडौं : पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४७ जनाको पीसीआर परीक्षणमा २३ जना र १ हजार ६२ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी २३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ६६ जना निको भएका छन् भने हाल देशभर ८९९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८५८ जना होम आइसोलेसनमा रहेका छन् भने ४१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १५ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ६१५ पुगेको छ ।
तपाइँको प्रतिक्रीया