२०८२ जेठ ३२ शनिवार

राशिफल

बीमा कम्पनीमा लगातार दुई कार्यकाल भन्दा बढी सञ्चालक बन्न नपाइने

काठमाडौं :  बीमा कम्पनीमा लगातार दुई कार्यकाल भन्दा बढी सञ्चालक बन्न नपाइने भएको छ । बीमक कम्पनीहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिक संशोधन गर्दै बीमा समितिले यस्तो व्यवस्था गरेको हो ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले संशागत सुशासन बलियो बनाउन निर्देशिकामा संशोधन गरिएको बताए । यो व्यवस्थाले बीमा कम्पनीहरुमा अझ धेरै पारदर्शीता हुने उनको दाबी छ ।

बीमा समितिले आइतबारमात्रै यस्तो निर्णय गरेपछि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा भने असर गरेको छ । नेपाल लाइफले सोमबारका लागि साधारणसभा बोलाएको थियो । साधारणसभाले सञ्चालक समितिको निर्वाचन समेत गर्ने तयारी गरेको छ ।

सञ्चालक चयनमा समेत सर्वसहमति जुटाएर हालका वर्तमान अध्यक्ष गोविन्दलाल संघईलाई पुनः अध्यक्ष बनाउने तयारी गरिएको थियो । बीमा समितिको यो निर्देशनले संघई अब सञ्चालक निर्वाचित हुनसक्ने छैनन् ।