२०८२ जेठ ३२ शनिवार

राशिफल

एआईजी बढुवाविरुद्धको रिट भोली सुनुवाई हुने

काठमाडौं :  एआईजी बढुवाविरुद्धको मुद्दामा आइतबार सुनुवाइ भएन् । न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशी तोकिएको थियो । तर, न्यायाधीश रेग्मीले सो मुद्दा ‘हेर्न नमिल्ने’ सुचिमा राखेका छन् ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले बढुवा बिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

मन्त्रिपरिषद्ले धिरज प्रताप सिंह, बसन्त कुमार पन्त र रबिन्द्र बहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । बढुवा सिफारिसमा असन्तुष्टि जनाउँदै ३ जना डिआईजीले दायर गरेको रिटमा भोली सोमबार सुनुवाई हुनेगरी पेशी तोकिएको हो ।