काठमाण्डौं : करिब एक महिना अघि मधेस प्रदेश सरकारले खरिद गरेका पाँच वटा बस विभिन्न निकायलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । मन्त्रीपरिषदको बैठकबाट गरेको निर्णय लामो समय भइसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन ।
मन्त्रीपरिषदको बैठक बसेको चार साता बित्दा पनि बसहरु त्यस्तै थन्किएका छन् । प्रदेश सरकारले खरिद गरेको बस विभिन्न संघ संस्थाहरुलाई दिने निर्णय गरेको मधेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जानकारी दिए ।
मन्त्रीपरिषदको बैठकले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुई वटा, कृषि विश्वविद्यालय, कृषि तालिम केन्द्र धनुषा र प्रदेश प्रशिक्षण केन्द्रलाई एक/एक वटा बस हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।
पूर्वभौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले कार्यविधि नै नबनाई मधेश प्रदेशका विभिन्न जिल्लालाई जोड्ने गरी प्रदेश परिवहन बस खरिद गरेका थिए ।
तपाइँको प्रतिक्रीया