काठमाडौं : इण्डोनेसियामा १३ जना छात्रालाई बलात्कार गर्ने एक जना शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ ।
ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका १३ जना छात्रालाई बलात्कार गरेको ठहर गर्दै अदालतले मृत्युदण्डको सजाय सुनाएको सीएनएनले जनाएको छ ।
बलात्कारमा दोषी ठहर भएका व्यक्ति एउटा मुस्लिम विद्यालयका शिक्षक हुन् । इण्डोनेसियाको बाल संरक्षण मन्त्रीसहित केही अधिकारीले मृत्युदण्डको सजायको समर्थन गरेका छन् ।
तपाइँको प्रतिक्रीया