काठमाडौं : सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवासमा बसिरहेको बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल हुने जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको दुई दिने औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक बसेको हो । आजको बैठकमा तालमेलको मोडालिटी टुंग्याउने गरी छलफल हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन् ।
तपाइँको प्रतिक्रीया