काठमाण्डौ : पशुपति क्षेत्रमा रहेको नेपाल–भारत मैत्री पशुपति धर्मसाला सम्बन्धी मुद्दाको सोमबार तोकिएको पेसी उच्च अदालत पाटनले चैत २७ गतेका लागि सारेको छ ।
प्रतिवादी होटेल आनन्द प्राली बतास समूहका तर्फबाट राखिएका अधिवक्ताहरुले यस अघि माग गरेको अन्तरिम आदेश नदिने उच्च अदालत पाटनका न्यायाधीश दीपेन्द्रबहादुर बमकै बेन्चमा आजको पेसी परेको थियो । तर अन्तरिम आदेश नदिने श्रीमानले यो मुद्दा हेर्न मिल्दैनकी भन्ने कुरा उठाएपछि आजको पेसी २७ गतेका लागि सरेको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण सुवेदीले बताए ।
बतास समूह अन्तरगत रहेको होटेल आनन्द प्रालीले पशुपति क्षेत्र विकास कोषसँग गरेको सम्झौता अनुसार नेपाल–भारत मैत्री धर्मसालाको सम्झौता उल्लेख गरिएका बिभिन्न सर्तहरु अनुसार काम नगरेको भन्दै विकास कोषले सम्झौता खारेज गरेको थियो ।
बतास समूहले सम्झौता रद्द भएको पत्र बुझ्न नमानेपछि पशुपति क्षेत्र विकास कोषले उक्त समूहको आधिकारीक इमेलमा पत्र पठाएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत होटल आनन्द प्रालीलाई धर्मशाला खाली गरिदिन गएको बिहीबार नै पत्राचार गरेको थियो ।
तपाइँको प्रतिक्रीया