काठमाडौं : जर्मनीले ४० रुसी कुटनीतिज्ञलाई पाँच दिनभित्र देश छोड्न आदेश दिएको छ । बर्लिनले ठूलो संख्याका रुसी राजदूतावासका अधिकारीले प्रत्येक दिन जर्मनीको स्वतन्त्रता विरुद्धमा काम गरिहेको आरोप लगाएको छ । रुसीले जर्मनहरुको ऐक्यबद्धताको विरोधमा काम गरिरहेको समेत बर्लिनले आरोप लगाएको छ । विदेश मन्त्री अन्नालेना बेयरबकले आफूहरुले लामो समयसम्म यो सहन गर्न नसक्ने पनि बताएकी छिन् ।
यदि कुटनीतिज्ञहरूलाई अनिच्छित व्यक्तिको रुपमा हेर्ने हो भने यसको अर्थ उनीहरुलाई हटाउनु भन्ने लाग्छ । यो निर्णय रुसी राजदूत सर्गेइ नेट्स्चायेभलाई पनि जानकारी गराइ सकिएको बेयरबकले भनेकी छिन् ।
यी व्यक्तिहरुलाई देश छोड्नका लागि पाँच दिनको समयसीमा तोकिएको छ । स्थानीय संचार माध्यमहरुका अनुसार रुसी विदेश सेवाका कर्मचारीहरुमाथि मस्कोलाई जासुसीको काम गरिरहेको आशंका गरिएको छ ।
उनको घोषणामा समर्थन गर्नका लागि उनले कुनै प्रमाणको प्रस्ताव गरेकी छैनन् । बुचाबाट रुसी सेनाको फिर्तिपछि किभको बस्तीमा सयौँ सर्वसाधारणको हत्या गरिएको पाइएको थियो ।
तपाइँको प्रतिक्रीया