काठमाण्डौं : नेपाल प्रहरीका महानिरीक्षकलाई प्रहरी उपरीक्षक एसपीसम्म सरुवा गर्ने अधिकार रहेको छ । तर प्रहरी नायव निरीक्षक सई तथा प्रहरी निरीक्षक इन्स्पेक्टर सरुवामा गृह मन्त्रालयले हस्तक्षेप गरेपछि लामो समयदेखि सरुवा रोकिएको छ । तर, २०७८ असार मसान्तमा प्रहरीका लेखापालहरूको कार्यविधि दुई वर्ष पुगेको थियो ।
दुई वर्ष पूरा गरेका लेखापालहरूको सरुवा ९ महिनादेखि भएको छैन । प्रहरी सहायक निरीक्षक, प्रहरी नायव निरीक्षक र इन्स्पेक्टर लेखा प्रमुख हुने सरुवामा पनि गृहमन्त्री बालकृष्ण खाँण र गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले हस्तक्षेप गरेको आरोप छ ।
स्थानीय तह निर्वाचनको बजेट सञ्चालन गर्नुपर्ने हुनाले चुनावअघि लेखापालहरूको सरुवा नहुने भएको छ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअघि गृहमन्त्री बालकृष्ण खाँणले भनेको ठाउँमा सरुवा नगरिदिए ‘नेता रिसाउँछन्’ भनेर नियमित सरुवा रोक्न निर्देशन दिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए ।
मन्त्रीले लेखापाल सरुवामा हस्तक्षेप गरेपछि प्रहरी प्रधान कार्यालयले नयाँ ‘सरुवा मापदण्ड’ बनिरहेको बताउने गरेको छ । मापदण्ड गृह मन्त्रालयबाट पारित गर्ने भनिएपनि ९ महिनादेखि सो मापदण्ड मन्त्रालयमा प्रस्ताव नै गरिएको छैन ।
२०७७ असोजमा ४०० भन्दा बढी प्रहरी निरीक्षकको सरुवा भएको थियो । एक वर्षमा नियमित सरुवा हुनुपर्ने भए पनि उनीहरू १९ महिनादेखि एउटै कार्यालयमा कार्यरत छन् । २०७७ जेठमा सरुवा भएका ४०० इन्स्पेक्टर सरुवा पर्खाइमा छन् । तर, प्रहरी प्रधान कार्यालयले सरुवा गर्न नसकेको हो ।
तपाइँको प्रतिक्रीया