२०८२ जेठ ३२ शनिवार

राशिफल

एआईजीमा बढुवा रिटको पेसी एकल इजलासमा

काठमाण्डौं : प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी पदमा बढुवा सिफारिस गर्दा विभेद गरेको भन्दै तीन जना प्रहरी नायव महानिरीक्षक डीआईजीले दायर गरेको रिटको आज पनि पेसी तोकिएको छ ।

न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा रिटको पेसी तोकिएको हो ।

यही १७ चैतमा डीआईजी ईश्वरबाबु कार्की, २० चैतमा घनश्याम अर्याल र प्रकाशजंग कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् ।

उनीहरूले रिटमार्फत कनिष्ट डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय बदरको माग गरेका छन् ।