काठमाण्डौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको पाँच वर्षका लागि देश बनाउने जिम्मा कांग्रेसलाई दिनुपर्ने बताएका छन्।
‘कम्युनिष्टहरुले पाँच वर्ष शासन गरेको हामीले हेरिसक्यौं, यदि देश बनाउने हो भने नेपाली जनताले पाँच वर्षका लागि कांग्रेसलाई जिम्मेवारी दिनुपर्छ,’ बाँकेको कोहलपुरमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले भने।
आसन्न निर्वाचनका विषयमा पार्टीभित्र विभिन्न बहस चलिरहेको भन्दै उनले निर्वाचनमा कांग्रेस एक्लै भिड्नुपर्ने आम कार्यकर्ताको भावना रहेको बताए।
अबको पाँच वर्षका लागि देश बनाउने जिम्मा कांग्रेसलाई दिनुहोस् देश लाई अमेरिका जापान हङकङ जस्तो देश बनाएर देखाउँछौं, उनले भने
तपाइँको प्रतिक्रीया