काठमाडौं : कास्कीको पोखरा महानगरपालिका ६ खहरेमा आज मंगलबार बिहान मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक डोल्पा त्रिपुरासुन्दरी नगरपालिका १ का २० वर्षीय किशोर कठायत रहेका छन् ।
उनको उपचारको क्रममा पोखरा स्थित गण्डकी मेडिकल कलेजमा मंगलबार बिहान ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । कठायतले चलाएको बागमती प्रदेश ०२ ०२९ प ०९३७ नम्बरको मोटरसाईकल आज बिहान पौने ४ बजे अनियन्त्रित भएर पल्टिएको वडा प्रहरी कार्यालय बैदाम कास्कीले जनाएको छ ।
यस्तै आजै बर्दियामा ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । बर्दियाको बाँसगढी नगरपालिका ८ ककौरामा रोकिराखेको ट्रयाक्टरमा मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु भएको छ । सोही दुर्घटनामा एकजना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक बाँके बैजनाथ गाँउपालिका ५ का १९ वर्षीय सन्तोष चौधरी रहेका छन् । गम्भीर घाइते उनको उपचारको क्रममा बाँके स्थित नेपालगंज मेडिकल कलेजमा गएराती ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका मोटरसाईकलमा सवार सोही स्थानका २२ वर्षीय कबिराम चौधरीको सोही अस्पतालमा उपचार भईरहेको छ । सोमबार बेलुकी पौने ८ बजे चौधरीद्धय सवार भे ३ प ७७५९ नम्बरको मोटरसाईकल सडक छेउमा रोकिराखेको भे १ त ३१७ नम्बरको ट्रयाक्टरमा ठोक्किएर पल्टिएको थियो । ट्रयाक्टरका चालकलाई प्रहरी कार्यालय मोतिपुर बर्दियाले नियन्त्रणमा लिएको छ ।
तपाइँको प्रतिक्रीया