२०८२ जेठ २२ बुधबार

राशिफल

कविताको शीर्षक : बगैंचाका फुलहरूसँग

  – प्रकाश कपाली

अशान्त मनभित्र शान्तीको महसुस गर्दै दिल मुस्कुराइरहेछ

भर्खरै फुलेका ती फुलहरूले मलाई बोलाइरहेको छ।

 

अचम्मको दुनियाँमा बल्ल प्रवेश गर्न पुगेछु ।

बगैंचाका फुलहरूको सुगन्ध सँगै म मुस्कुराउँदै रहेछु।

बगैंचाका फुलहरूको माझमा नाच्दै गाउँदै रमाउदै

अचम्मको संसारमा पुगेछु भनी आफै भित्र हराउँदै ।

 

फुलहरूको माझमा वार्तालाप गर्दै म भएछु

मस्त प्रकृतिको प्रेम सुखद महशुस गर्दै हुन पुगेछु व्यस्त।

 

फुलहरूको माझमा भएको वार्तालाप अचम्मको हो कस्तो खुसी, सन्तुष्ट र सुखको अनुभूति दिलाए जस्तो।

शान्ती एकता र सद्भावको महशुस नै गरायो बगैंचाका फुलहरू सँगै बस्दा मेरो मन रमायो।

 

मनै लोभ्याउने गरी फुलेका छन् ती सुन्दर फुल फुलेका छन् कसरी ती प्रकृति प्रेमको मुल।

प्रकृतिको प्रेम महिमा छ अपरम्पार बयान गरे पनि सकिन्न बारम्बार।