२०८२ जेठ ३२ शनिवार

राशिफल

निर्वाचन अयोगले दलहरुलाई छलफलमा बोलाएपछि विरोध नाराबाजी

काठमाडौं  :  निर्वाचन आयोगले २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउन बोलाएको आजको छलफलमा चर्काचर्की भएको छ ।

आयोगले आचारसंहिता पालना गर्नका लागि लिखित प्रतिवद्धतामा हस्ताक्षर गराउन खोजेपछि विनाछलफल हस्ताक्षर गराउन खोजेको भन्दै विभिन्न दलहरुले आपत्ति जनाएपछि विरोध भएको थियो ।

दलहरुले उठेर आपत्ति जनाउन थालेपछि केहीबेर बैठक नै प्रभावित हुन पुगेको थियो । निर्वाचन आयोगले दलका प्रमुख तथा प्रतिनिधिहरुलाई छलफलमा बोलाएको भए पनि कतिपय दलका अध्यक्ष र केन्द्रीय सदस्यहरु समेत उपस्थित भएका भन्दै केही दलहरुले आपत्ति समेत जनाएको निर्वाचन आयोगले जानकारी दिएको हो ।

दलहको छलफलमा भएको विरोधले गर्दा निर्वाचन आयोगको वातावरण नै अस्तव्यस्त भएको थियो ।

नेपाली राजनीतिमा शक्तिको प्रयोग गर्नाले सबै नागरिकको चेतना नै यस्तै भएको छ । त्यसैले राजनैतिक दलहरुले पनि शान्त वातावरण विवादरहित काम गर्ने र गराउँने वातावरण सिर्जना गर्नुपर्छ ।