२०८२ जेठ ३२ शनिवार

राशिफल

विप्लव नेतृत्वका नेताहरु सुदूरपश्चिममा एमालेसँग तालमेल गर्ने योजनामा

काठमाडौं :  नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेसँग चुनावी तालमेल गर्न सकारात्मक भएको बताएका छन्।

नेकपा केन्द्रीय समितिले स्थानीय तह निर्वाचन उपयोग गर्ने निर्णय गरेपछि सोमबार बेलुका सुदूरपश्चिम प्रदेशमा एमालेसँग चुनावी तालमेल गर्न छलफल अघि बढाएका हुन्।

स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने निर्णय भएपछि सुदूरपश्चिममा एमालेसँग चुनावी तालमेल गर्ने विषयमा उनीहरुबीच छलफल भएको हो । एमाले जस्तो राष्ट्रवादी शक्तिसँग चुनावी तालमेल कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य ओमप्रकाश पुनले बताएका छन ।

‘एमालेका साथीहरुले छलफल गर्न प्रस्ताव गरेपछि दुई पक्षका वीच चुनावी तालमेलका विषयमा सामान्य छलफल भयो। तीन बुँदे सहमति हुँदै आएको राजनीतिक घटनाक्रमका विषयमा छलफल भयो। एमाले जस्तो राष्ट्रवादीसँग कसरी चुनावी तालमेल गर्ने भन्ने विषयमा छलफल भयो’ पुनले भने, ‘स्थानीयतहमा कसरी तालमेल गर्ने भन्ने विषयमा छलफल भयो। तर तालमेल गर्ने विषयमा फाईलन भईसकेको छैन।’

अहिले विप्लव नेतृत्वका नेताहरु स्थानीय चुनाव विशेष भएर कुरा गरिरहेका छन । अन्य समयमा अरु पार्टीसंग साथ दिन नमान्ने नेताहरु चुनाव जित्नाका लागि नै एमालेसंग चृुनावी एजेण्डा बनाएर अगाडि बढ्न खोजिरहेका छन ।