काठमाण्डौं : नेपाली काँग्रेस मधेश प्रदेश समितिले गरेको निर्णयप्रति सो समितिका सदस्य जीवनाथ चौधरीले आपत्ति जनाएका छन् । मधेश प्रदेश काँग्रेस पार्टीका सभापति कृष्ण यादवको संयोजकत्वमा हिजो बसेको प्रदेश समितिको बैठकले विभिन्न ६ बुँदे निर्णय गरेको छ ।
सो निर्णय सभापति यादवले एकलौटी रुपमा गरेको आरोप चौधरीले लगाएका छन् ।
चौधरीले आज एक प्रेस नोट जारी गर्दै स्थानीय तहको चुनावको उम्मेदवार छनौट गर्न २० दिन भन्दापनि कम समय बाँकी भएको अवस्थामा प्रदेश समितिका सभापतिले सबैलाई समेटेर कार्य सम्पादन समिति, संसदीय समिति गठन गर्नु पर्नेमा त्यसो नगरी चुनावको मुखमा एकलौटी गरेको आरोप लगाएका छन् ।
तपाइँको प्रतिक्रीया