निर्मल राज शाही – नेपालले बिभिन्न कालखण्डहरु पार गरि आजको दिनसम्म आइपुग्दा प्राप्त गरेको राजनितिक सफलता भनेको संविधान लेखन र त्यसमा ब्यवस्था गरिएको लोकतन्त्र,गणतन्त्र,संघियता र ‘धर्मनिरपेक्षता,हो । संविधानले देशका सबै भूगोलमा बसोबास गर्ने नागरिकहरुको अधिकारलाई निश्चित गर्न सकेको छैन् ।
नागरिकहरुका आ—आफ्नै गुनासाहरु छन् । अझै, पनि तराईमा नेपाली भएर पनि नेपाली नागरिकता प्राप्त गर्न त्यहाँका नागरीकहरुले सकेका छैनन् । आमाको नामबाट पनि सजिलैसँग नागरीकता प्राप्ता गर्न नसकेको गुनासो दिनप्रतिदिन संचारमाध्यमहरुमा आइराख्छन् । भन्ने गरिन्छ., संविधान वाइवल,वेद,कुराण ,त्रिपिटक वा भनौ विज्ञानको कुनै सिद्धान्त जस्तो होइन् जस्लाई हामी परिवर्तन गर्न सक्दैनौ । तर, संविधान परिर्वतन गर्न सक्छौ ।
त्यसैले यसलाई नागरिकहरुको आवश्यकता र राष्ट्रले मुलयाङ्कन गरेर असन्तृष्टीहरुलाई गहिरो अध्ययन गरि समस्या समाधान गर्न तर्फ लाग्नु पर्छ र आवश्यक पर्ने कुराहरुलाई संविधान संसोधन गरेर माग संवोधन गर्नुपर्छ । यो एउटा लोकतन्त्रको सुन्दर पाटो हो । सबै नागरिक अट्ने सबैको भावना समेट्ने संविधान आजको नँया नेपालको आवश्यकता हो ।
यि त भए, केही अपुरा कुराहरु जो संविधानले पुरा गर्न सकेको छैन् । देशको अर्थतन्त्रको अबस्था हेर्दा श्रीलङकाको जस्तो हाम्रो पनि त्यस्तै अवस्था विगतमा नआउला भन्न सकिदैन् । नेपालमा ब्यवस्था परिवर्तन भएर बिभिन्न राजनितिक,सामाजिक र धार्मिक परिवर्तनहरु भए । तर आजसम्म राणा,राजाहरुको पालादेखि नयाँ नेपालको यो नयाँ युगमा नेपालले आर्थिक क्रान्ति गर्न सकेको छैन् व्यवस्था परिर्वतन भए पनि आम नागरिक र राष्ट्रको अबस्था परिर्वतन हुन सकेको छैन् । नेपाललाई आगामी दिनहरुमा ऋणबाट मुक्त गराई बलियो अर्थतन्त्र सहित ठिक दिसामा हिडाउनुपर्ने आवश्यकता छ ।
यो महत्वपूर्ण कदम राज्यले मात्र चालेर हुने अवस्था छैन्। केन्द्र सरकार, स्थानिय सरकार र प्रदेश सरकार सबैले एकअर्कामा सहकार्य गरेर अगाडी बढ्यो भने सकारात्मक दिशा बाट ठिक परिणाम निकाल्न सकिन्छ । राज्यले बिकासका नाममा भएका नकारात्मक अभ्यासहरुलाई रोक्नुपर्ने हुन्छ । केन्द्र सरकारले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रदेश र स्थानिय सरकारले गरेका काम कार्वाहीहरुलाई मुल्याङकन गर्नुपर्ने हुन्छ । जनताको कर सरकारले जनतालाई नै विकासको माध्यमबाट सेवा दिई वितरण गर्ने हो ।
नागरिकहरुले राज्यबाट धेरै कुराहरुको अपेक्षा गरेका हुन्छन् । दिनमा १८ घण्टा काम गरेर पनि हातमुख जोर्न नसक्ने नागरिकहरु देशका बिभिन्न ठाउँहरुमा भेटिन्छन् । बेरोजगारीको कुरा गरेर साध्य छैन् । विकासका पूर्वाधारहरुबाट नागरिकहरु बन्चित छन्। जनताको अभिभावक भनेको राज्य हो । राज्यले नै विभिन्न कारण वा वाहानहरु बनाएर नेपालमा मानव अधिकार हनन गर्न पाउदैन्। यि सबै, समस्याहरु राज्यलाई थाहा छ सरकारी संयन्त्रहरुलाई समस्या समाधानका उपायहरु थाहा छ । तर ब्यवहारमा लागु नभएपछि त्यो ज्ञानको कुनै अर्थ रहन सक्दैन् ।
समाजीक संजालमा आजभोनि निकै भाइरल बनेको बिषयबस्तु रहेको छ । देशका बिभिन्न ठाउँहरुमा निर्माण सम्पन्न भएका भ्यू टावरहर र कति चुनावको मुखमा उद्घाटन हुदै गरेका भ्यू टावरहरुले समाजिक संजाल तताएका छन् । देशका पूर्व प्रधानमन्त्री समेत रहेका नेताहरु थछाडमछाड गदै भ्यू टावर शिलन्यास गर्नु र उद्यघाटन गर्न जानुले के अर्थ लगाउछ ?
गहिरिएर सोच्यो भने,उत्तर आफै प्राप्त हुन सक्छ । नेपाललाई कस्तो विकास चाहिएको हो ? भ्यू टावरको विकास कि अरु विकास ? देशका बिभिन्न जिल्लाहरुमा हजारौ भ्यू टावरहरु वनिरहेका छन् । किन राज्यले यस्ता अउत्पादनशिल क्षेत्रमा गरेको लगानी रोक्न सक्दैन् । पूर्व प्रधानमन्त्री र दलका शिर्ष नेताहरु भ्यू टावर उद्घाटन गर्न र शिलान्यास गर्न जादाँ प्रदेश सरकार र स्थानिय सरकारले विकासको नाममा अब्यवस्थित भ्यू टावरे विकास गर्दा राज्यले झन, उनिहरुलाई हौसला दिएको जस्तो देखिन्छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केहि दिन अगाडी रोल्पा नगरपालिकामा निर्माण भएको भ्यू टावर उद्घाटन गर्न जादाँ मेरो मन अमिलो बनेको थियो । मेरो घर मुगु जिल्लामा हो । मेरो जिल्ला वरिपरिको वातावरण रहनसहन जस्तो छ । त्यहाँका जनताको पनि अवस्था ठिक त्यस्तै छ । सडक दुर्घटनाले देशका कति ठाउँहरुमा नागरिकहरुको ज्यान लिन्छ ।
हेलिकप्टर च्याटर गरि रोल्पा भ्यू टावर प्रचण्डले उद्घाटन गदैँ गर्दा दश बर्ष सम्म परिवर्तनको लागि लडेका शहिदहरुको शालिक नजिकै मुस्कुराहिरहेको थियो । सडक दुर्घटनामा ज्यान गुमाएका परिवार,स्वाथ्य उपचार नपाएर मरेका मानिसहरुका आफन्त निन्याउरो बनेर तालि ठोक्दा जातिए विभेद र गरिब भएकै कारण मान्छे बन्न नसकेका मानिसहरुले महान प्रचण्ड जिन्दावाद भन्दा कार्ल माक्र्सको तस्बिर छेउमा हासिरहेको थियो । परिवर्तनको नाममा मेरा धेरै आफन्तहरु गुमेका छन् ।
त्यस्तै अरु १७ हजार पनि परिवारबाट टाढा रहे किनकि उनीहरु क्रान्तिमा हुमिएका थिए । मान्छे भएर पनि मान्छे हुन नसकेकाहरुले हतियार उठाएका थिए । राज्य भएर पनि जनतालाई राज्यको प्रत्याभूति दिन नसकेको तानशाहितन्त्रको बिरुद्ध लडेका थिए । कति पटक जोतेपछि जमिनबाट फल उत्पादन हुन्छ ,भन्ने कुरा थाहा नपाएको शोषकले किसानले उत्पादन गरेका बस्तुहरुलाई कलोबजारि गरि सधै हडप्थ्यिो । त्यस्ता शोषकहरुका बिरुद्ध लडेका थिए । जुन परिवर्तनका लागि शहिदहरुले लडेका थिए । के त्यो, परिवर्तन त्यही भ्यू टावर थियो र कम्रेड प्रचण्ड ?
न सास भेटिएको छ न लास भेटिएको छ ,अझै पनि यो देशका बिभिन्न ठाउँहरुमा कहिले आउला हराएको छोरो भनि आमा बाटो कुरेर बसिरहेकि छिन् । भ्यू टावर उद्घाटन गर्दा यि कुरा किन ध्यान दिनुभएन् । मेरो जिल्लामा सडक अझै पुग्न सकेको छैन् । औषधी उपचार नपाएर मान्छेहरु मरिरहेका हुन्छन् । कोरोना जस्तै महामारी फैलियो भने रोगसँगै भोकले पनि मर्ने अवस्था कर्णालीमा छ । यस्का दिर्घकालिन उपायहरु कहिले खोज्नुहुन्छ । हाम्रोमा जस्तै रोल्पामा पनि सडक नराम्रो भएर, सयौँ मानिसहरुले ज्यान गुमाएका छन् ।
ढुक्कसँग जनता यातायात चढ्ने अवस्था कहिले सिर्जना गर्नुहुन्छ ? जुन ठाउँको घरको छतबाट हिमाल देख्न सकिन्छ त्यस्तो सुन्दर ठाउँलाई कुरुप बनाएर कस्तो पर्यटन बिकास गर्न चाहानु भएको हो । आज यो प्रश्न कणार्ली,रोल्पा,तराईले मात्र होइन सिंगो देशले गरेको छ ।
यो आलेख कुनैप्रति प्रतिशोध साचेर लेखेको होइन् । तपाई पूर्व प्रधानमन्त्रीसँगै जनयुद्धको सुप्रिम कमान्डर भएको कारण शदिदका सपना र जनताका धेरै अपेक्षा छन् । त्यसैले तपाईले ति भावनाहरुलाई आत्मसाथ गर्नुपर्ने हुन्छ ।
त्यस्तै, केहि दिन अघि पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकनगर वनवाटिकामा रहेको टावरको उद्घाटन गर्नु भयो । ५ बर्षसम्म जनताले दिएको बहुमत बादरको हातमा नरिवल बनाउनु भयो । यस्ले हामी जस्ता युवाहरुको समय ५ बर्ष पछाडी धकेलिदिनुभयो ।
उखान सुन्ने हो भने जोक्कर भन्दा माथिल्लो लेवलको,गफले पानि जहाज अन्तरिक्षमा रकेट घर घरमा ग्यासको पाईप यस्तै, भन्न पनि लाज लाग्ने अरु धेरै कुराहरु गर्नुभएको थियो । तर काम भने सिन्को पनि नभाच्ने । जनताको मतमा सपना हुन्छन् ,सपनामा भावना हुन्छन् , यि दुबै कुराहरुलाई प्रविधि, अर्थशास्त्र र तपाईले सिकेको ज्ञानले नयाँ गन्तव्य दिनुपर्ने थियो । तर जनताले दिएको अभिमतलाई लात्तिले कुल्चिएर हिड्नु भयो । शहिदहरुले लडेर लिएको सविधानबाट निर्माण भएको संसदलाई दुई दुई पटक विघठन गर्नु भयो ।
कन्जुुस प्रतिपक्षलाई झन अल्छीमात्र होइन् । जनतामाझ नगएपनि चुनाव जित्ने आधार तयार गरिदिनुभयो । तपाईको बहुमत आएर सरकार बन्दा आजको दिनसम्म तपाईले अस्पताल,सडक,पुल विद्यालय, जस्ता विकासका पूर्वाधारहरु र राष्ट्रिय गौरवका आयोजनाहरु तोकिएको समयमा सम्पन्न गर्नलाई पहल गर्ने समय हुने थियो । तपाईको अहमता र दंम्भले आज तपाई त्यो अवस्थामा हुनुहुदैन् । आज देशलाई आवश्यक नभएको भ्यूटावरको टुप्पोवाट संम्मानित अदालत र आफ्ना विरोधीहरुलाई असल मानिसहरुले सुन्न नसक्ने शब्दा प्रहार गरिरहनु भएको छ ।
तपाई सरकारमा हदाँ सुकुम्बासी समस्याको कारणले कति जना मानिसले छातीमा तातो गोली खान पुगेका थिए । कोरोनाको बेला भएका घोटलाहरु,महामारिमा जनताले ज्यान गुमाएको बेला डक्टर भन्दा बढि जान्ने भएर बेसार पानिको प्रवोचन दिएको लगाएत बिभिन्न नराम्रा कार्यहरु गर्नु भयो जुन आवश्यकता थिएन् ।
सरकारमा जुन जान्छ त्यस्ले जनतासँग गरेका बाचाहरु बिर्सदो रहेछ । आज तपाई सरकारमा हुदाँ तपाईले गठन गरेको भूमी आयोग छैन् । किनकि, तपाईले राज्यको आवश्यकत्ता अनुसार विज्ञहरुको समूह गठन गर्नु भन्दा पनि आफ्ना नजिकका कार्यकर्तालाई नियुक्ति दिनु भएको थियो । आज पनि अवस्था त्यहि छ ।
नयाँ सरकार बनेको छ त्यस्ले पनि विगतको जस्तै गलति दोहएको छ । भोली नयाँ सरकार बन्दा त्यसमा रहेका, अहिले विज्ञ भएर नियुक्त भएका पार्टीका कार्यकर्ताहरुलाई पनि हटाउने छ । किनभने अवस्था र चरित्रा एकै किसिमको छ । आज जनताका नाममा तपाईहरुले जति फोहोरी राजनिती गर्नुहुन्छ त्यती देश र नागरिकहरुले दुख पाउछन् । तपाईहरुको अपरिपक्का राजनितिलाई अन्तराष्ट्रिय निकायहरुले नियालिरहेका हुनेछन् ।
जबसम्म,जनता र देशका नाममा त्यस्ता हर्कतहरु हुने गर्छन । तपाईहरुको नेतृत्व र सरकारलाई विदेशि मित्र राष्ट्रहरुले दिने अनुदान कम हुन्छ । वोलीको ठेगान नभएका,सत्ता र स्वार्थका लागि घटिया हर्कत गर्नेहरुलाई शिक्षित जमात र बौद्धिक वर्गले स्विकार गर्न सक्दैन् । आज देशमा जनताले भ्यू टावरलाई मात्र विरोध गरेका छैनन् । देशमा राज्यले विकासका नाममा धेरै लगानी गरेको छ । विभिन्न ठाउँहरुमा बजेट सहि काममा प्रयोग भएको छैन् । बजेट कतै फ्रिज त कतै असारे बिकास गरेर सकिएको छ ।
भ्रष्ट्रचारले सिमा नागेको छ । महत्वपूर्ण ठाउँहरुमा आसेपासेहरुलाई नियुक्त सरकारि नियायमा ढिलासुस्ती,विकृतिको कुरा नगरौ कुनै ठाउँमा जतताले तित्त बुझाउने ठाउँ छैन् । तपाईहरुका हरेक हर्कतहरुका विरुद्ध जनताले आवाज उठाउनेछन् । निर्वाचनको बेला तपाईलाई पराजित गरेर आफै अग्रसर भई नेतृत्व लिनेछन् । त्यस्का सिनारियोहरु झिल्का बनेर देखिरहेका छन् ।
जब राज्यको नेतृत्व र शिर्ष दलहरुनै शोषक भएपछि जनता क्रान्तिकारि हुन्छन् । त्यसैले सुध्रिनुपर्ने आजको आवश्यकत्ता हो ।
विगतमा भएका गल्तीहरुलाई सच्चाएर, जनताको भावना अनुसार दलहरु चल्नुपर्छ । राज्यका हरेक कुरा पालना गरेका जनताले आफ्नो अधिकार खोज्नुपर्छ । अब फेरि चुनाव नजिकिदै छ । भ्यू टावर जस्तै अनेक सपना देखाएर मत माग्न आउने उम्मेदवार र दललाई जनताले दण्डीत गर्नुपर्छ । जनताको माझ दलहरु जादाँ गास,बास र कपासबाट नै टाढा रहेका,धेरै नागरिक शिक्षा,स्वास्थ्य र रोजगारीबाट टाढा रहेकाहरुलाई केन्द्रमा राखेर चुनावी कार्यमा लाग्नुपर्ने हुन्छ ।
देशको बजेटबाट स्थानिय निकायमा गएको रकमले धान्न नसक्ने ठुला योजनाहरु लिएर गई अशिक्षित नागरिकहरुको कमजोरीमा फाईदा लिन खोज्नु हुदैन् देशका बिभिन्न ठाउँहरुमा आजभोली युवाहरु भेटिन गाह्रो छ ।
देशमा खेतीयोग्य जमिन बाझै छन् । कृषी प्रधान मुलुकमा कृषी गर्ने प्रविधी, विधि अझै पनि धेरै ठाँउहरुमा पुरानै रहेको छ । राज्यले युवाहरुलाई पासपोर्ट थमाइदिएर रेमिट्यान्स मात्र भित्राउने होइन ।
उनीहरुको सिपलाई देश भित्रै परिचालन गरि दिर्घकालिन फाईदा लिन सक्नु पर्छ यी कुराहरुमा स्थानिय निकाय,प्रदेश सरकार र केन्द्र सरकारले ब्यवहारमा आउने गरि रणनितिहरु तयार पार्नुपर्छ । र चुनाव केन्द्रीत हुनुपर्छ । हरेक बर्ष घोषणपत्र बन्छन् तर ति त्यतिकैमा सिमित हुन्छन् । भनिन्छ हरेक नागरिकले आफ्नो हैसियत अनुसार नेता पाउछ भनेर । अबको, निर्वाचनमा कस्तो नेता पाउने हो त्यो अधिकार जनतालाई संविधानले दिएको छ । राष्ट्र निर्माणमा सबै नागरिकहरु सहभागि हुनुपर्छ नेताहरु सुध्रिनु पर्ने हुन्छ ।
आनि वानि व्यवहार दैनिकी सबै नराम्रा कुराहरुलाई छोडेर नयाँ बौद्धिक,ब्यवहारिक, माटो सहुदो रणनितिक का्रन्तिको आवश्यक नेपालमा छ । विकृति र विसंगति लगाएत सबै नराम्रा कुराहरुलाई हटाएर देश निर्माणको अभियानमा सहभागि हुनुपर्छ । दुई ठुला शक्तिशाली देशको बीचमा रहेको नेपालले विश्वको नजर आफूतिर तान्न सक्नु पर्छ । अबका दिनमा नेपालको प्रतिस्पर्धा अन्तराष्ट्रिय लेवलको हुनुपर्छ । रहेक अबसरलाई गोलमा परिणत गर्नुपर्छ । यो नेपालको लागि आवश्यक हो । किनकि शहिदहरुले यस्तै कुराहरुको अपेक्षा गरेर बलिदान दिएका हुन् ।
तपाइँको प्रतिक्रीया