२०८२ जेठ ३२ शनिवार

राशिफल

अर्घाखाँचीमा छोरा बढी छोरी कम, यस्तो छ कारण

अर्घाखाँची : जिल्लामा छोरा भन्दा छोरी कम जन्मिएका छन्।

नेपालको जनसंख्या अनुसार पुरुष भन्दा महिला बढी देखिए पनि पछिल्लो समयमा जिल्लामा छोरी कम जन्मिएका छन्।

अबैधानिकरुपमा लिङ्‌ग पहिचान गरेर छोरा भए राख्ने तर छोरी भए गर्भपतन गराउने कारणले पनि जन्मिएका छोरीको संख्या कम भएको हो।

यस आर्थिक वर्षको साउन महिनादेखि फागुन मसान्तसम्म जिल्लामा १ हजार १८ बालबालिका जन्मिएकोमा छोरा ५ सय २० र छोरी ४ सय ९८ रहेको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका तथ्यांक शाखाका बसन्त पोखरेलले जानकारी दिए।

पछिल्ला दुई वर्षको तथ्यांक हेर्दा पनि जन्मिएका छोरीको संख्या कम छ।