काठमाडौं : रुपन्देहीमा सत्तारुढ पाँच दलले जिल्लाका १६ वटै स्थानीय तहमा संयन्त्र निमार्ण गरी गठबन्धनलाई बलियो बनाउने निर्णय गरेका छन् । आज बसेको जिल्लास्तरको संयन्त्रको बैठकले संयन्त्रलाई सबै पालिकासम्म विस्तार गरेर चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।
नेपाली काँग्रेस रुपन्देहीको पार्टी कार्यालयमा बसेको बैठकमा काँग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी पनि सहभागि भएका थिए ।
नेपाली कांग्रेश काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणका अनुसार सबै पालिका र वडास्तरमा राजनीतिक संयन्त्र गठन गरी एकढिक्का भएर स्थानीय तहको निर्वाचन जाने निर्णय गरेका छन् । गठबन्धनले विस्तृत अध्ययन र अनुसन्धान गरी पार्टीको यथार्थ मतको आधारमा सिट बाँडफाँड गर्ने जनाएका छन् ।
तपाइँको प्रतिक्रीया