काठमाडौं ः एएफसी कपको प्रारम्भिक चरणमा नेपालको लिग च्याम्पियन मछिन्द्र क्लब श्रीलंकन क्लब ब्लु स्टार स्पोर्टिङ क्लब विरुद्ध दुई गोलले पछि परेको छ । दशरथ रंगशालमा मोहमेद ईशान र सेनाल सन्देशले गोल गरेपछि ब्लु स्टारले घरेलु टोली मछिन्द्र माथि पहिलो हाफमै २, ० को अग्रता बनाएको हो ।
घरेलु मैदानमा घरेलु दर्शकको अगाडी मछिन्द्रले सुरुवाती दश मिनेट बल पोसेसन राखेपनि गोल गर्ने सकेन । पहिलो हाफमा ब्लु स्टारले पाएको पेनाल्टी भने मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए । खेलको नवौँ मिनेट नुर्लान नोभ्रुजोभले गोल गर्ने अवसर मिस गरे । उनले पेनाल्टी बक्सबाट हानेको प्रहार पोष्ट भन्दा बाहिर गयो ।
तपाइँको प्रतिक्रीया