२०८२ जेठ ३१ शुक्रबार

राशिफल

ऋषि धमलालाई प्रेस काउन्सिलको २४ घण्टे स्पष्टीकरण पत्र

काठमाडौं :  सञ्चारकर्मी तथा मिडिया व्यवसायी ऋषि धमलालाई प्रेस काउन्सिल नेपालले पत्र लेख्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । प्राइम टाइम्स टेलिभिजनका सञ्चालक समेत रहेका उनलाई सो टिभीबाट यही चैत २० गर्ने जनता जान्न चान्छन् कार्यक्रममा प्रसारित सामग्रीप्रति काउन्सिलले आपत्ति जनाएको हो ।

कार्यक्रममा ‘काठमाडौं उत्रिएपछि विमानस्थलबाटै ऋषि धमलाको रिपोर्टिङ, सेक्युरिटीले रोक्दा समेत कसैको अनुमतिलाई अस्वीकृति गरि विमान भित्रबाटै प्रत्यक्ष प्रसारण गरेको सामग्रीप्रति ध्यानाकर्षण भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा मित्रराष्ट्र भारतको औपचारिक भ्रमण सकेर नेपाल फर्कने क्रममा भ्रमण दलमा नै सहभागी भएका उनले विमानभित्रैबाट अनुमति बेगर, पटकपटक वायु सेवाका कर्मचारीहरुले सेक्युरिटी प्रोटोकल विपरीत जवरजस्ती रुपमा निषेध गरिएको क्षेत्रमा छिरेर भिजुअल रेकर्ड गरी सम्प्रेषण गरेको सो अनुगमनबाट देखिएको काउन्सिलले जनाएको छ ।

यसको साथै केही समय अघि सञ्चारकर्मी धमलाले नेपाल बारको आन्तरिक बैठकमा पनि अनुमतिबेगर बैठकस्थलमा प्रवेश गरी प्रत्यक्ष प्रसारणको प्रयास गरेको विषय समेत काउन्सिलको स्वअनुगमनबाट नोटिममा लिइएको अमुगमन अधिकृत सुरेन्द्र मल्लले टिपोट गरेका छन् ।

पत्रकार तथा सञ्चार माध्यमले सूचना तथा सङ्कलन र सम्प्रेषण सभ्य र शिष्ट रुपमा सामग्री सम्प्रेषण गर्नुपर्ने, पेशागत अभ्यासमा सामाजिक शिष्टता र मर्यादित कार्यशैली प्रयोग गर्नुपर्ने पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६०) को व्यवस्था रहेको छ ।

पत्रकार तथा सञ्चारमाध्यमले बलजफ्तीरुपमा निषेध गरिएको क्षेत्रमा प्रवेश गरेको दृश्यसहितको प्रत्यक्ष प्रशारण के कति कारणले गर्नुपरेको हो ? त्यहाँबाट पटकपटक यस्तो गैर पेसागत क्रियाकलाप किन हुन पुगेको हो ? पत्रकारिता क्षेत्रको मर्यादा विश्वसनीयतामा समेत नकारात्मक प्रभाव पर्ने कार्य के कसरी हुन गएको हो ? २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशानुसार सूचित गरिएको छ ।