२०८२ जेठ ३१ शुक्रबार

राशिफल

उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं :  नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान साढे १० बजे गर्ने कार्यक्रम तय भएको छ ।

महाधिवेशनमा देशभरबाट उद्योग व्यवसायमा संलग्न एमाले निकटका व्यवसायीहरूले सहभागिता जनाउने बुझिएको छ । महाधिवेशन बिहीबारसम्म चल्नेछ ।