२०८२ जेठ २२ बुधबार

राशिफल

प्रिमियर लिगमा लिभरपुलसँग पोर्चुगिज क्लब बेन्फिका पराजित

काठमाडौं :  प्रिमियर लिग क्लब लिभरपुलले च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकामाथि ३–१ को जित निकालेको हो ।


जितसँगै लिभरपुलले पहिले लेगमा ३–१ गोलको अग्रता बनाएको छ । लिसवोआमा लिभरपुललाई जित दिलाउन इब्राहिमा कोनाट, साडियो माने र लुइस डियाजले एक–एक गोल गरे । उता घरेलु टोली बेन्फिकाका लागि डार्विन नुनेजले एक गोल फर्काए । इब्राहिमा कोनाटले खेलको १७औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।

अब दुई टोलीबीचको दोस्रो लेग १३ अप्रिलमा लिभरपुलको घरेलु मैदानमा हुनेछ ।