२०८२ जेठ २२ बुधबार

राशिफल

कङ्गोमा एक जना नेपाली सैनिकको विद्रोहीको आक्रमणबाट मृत्यु

काठमाण्डौ : शान्ति स्थापनार्थ कङ्गोमा खटिएका एक जना नेपाली सैनिकको विद्रोहीको आक्रमणबाट ज्यान गएको छ ।

अपरेशन ‘बाली’ का क्रममा प्रमुख सेनानी निकिल कुँवरको नेतृत्वमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि हिजो विद्रोहीले आक्रमण गरेका थिए । आक्रमणबाट एक जना नेपाली सेनाको ज्यान गएको संयुक्त राष्ट्र सङ्घले पुष्टि गरेको छ ।

ज्यान गुमाएका सैनिकको परिचय भने खुलाइएको छैन । महासचिव गुटेरेसले घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन कङ्गोका अधिकारीलाई आग्रह गरेको छ ।