काठमाडौं : रुसले युक्रेनको बुचा नगरमा युद्ध अपराध गरेको आरोपपछि अमेरिका र युरोपेली सङ्घले रुसमाथि थप प्रतिबन्ध घोषणाको तयारी गरेका छन् ।
ह्वाइट हाउसका प्रवक्ता जेन साकीले अमेरिकाले रुसमा नयाँ लगानीमाथि प्रतिबन्ध लगाउने साथै रुसी वित्तीय संस्था, अधिकारी र तीनका परिवारमाथि थप प्रतिबन्ध घोषणा गर्ने बताउनुभएको छ । वासिङ्टनले रुसको सबैभन्दा ठूलो ब्याङ्कमाथि पनि थप प्रतिबन्ध लगाउने तयारी गरेको वाल स्ट्रिट जर्नलले उल्लेख गरेको छ ।
यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई राष्ट्र सङ्घको सुरक्षा परिषदबाट हटाउन माग गरेको छ ।
रुसले युक्रेनमा आक्रमण गरेयता जेलेन्स्कीले पहिलो पटक राष्ट्र सङ्घको सुरक्षा परिषदमा सम्बोधन गर्दै रुसलाई सुरक्षा परिषदबाट हटाउन माग गर्नुभएको हो ।
तपाइँको प्रतिक्रीया