२०८२ जेठ ३१ शुक्रबार

राशिफल

केन्द्रबाट तालमेल गर्न खोजे देशव्यापी विरोध हुने काँग्रेस नेता शेखर कोइरालाको चेतावनी

काठमाडौं :  नेपाली काँग्रेसका नेता शेखर कोइरालाले केन्द्रबाट तालमेल गर्न खोजे देशव्यापी विरोध हुने चेतावनी दिएका छन् ।

पार्टीले गरेको निर्णय अनुसार आवश्यकता र औचित्यको आधारमा तालमेल हुने बताउँदै कोइरालाले केन्द्रबाट तालमेल लाद्न नहुने उनले बताएका हुन् । केन्द्रमा धेरैले गठबन्धन गर्ने भने पनि आफूहरूले बीचको बाटो लिने निर्णय गरेको उनको भनाइ छ।

फरक प्रसङ्गमा पार्टीले नै तालमेल गरेर जान सक्ने निर्णय गरेको कारण गठबन्धनले संयन्त्र बनाउने निर्णय सही भएको उनको भनाइ छ । सत्तारुढ गठबन्धनले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।