२०८२ जेठ ३१ शुक्रबार

राशिफल

कङ्गोमा विद्रोहीको आक्रमणमा ज्यान गुमाएका नेपाली सैनिक सुर्खेतका अनिल गुरुङ रहेको पुष्टि

काठमाण्डौ :  कङ्गोमा शान्ति मिसनको क्रममा विद्रोहीको आक्रमणमा ज्यान गुमाएका नेपाली सैनिक सुर्खेतको गुर्भाकोट  १४ का अनिल गुरुङ रहेको खुलेको छ ।

अपरेशन ‘बाली’ का क्रममा हिजो विद्रोहीको आक्रमणबाट घाइते भएका सिपाही गुरुङलाई थप उपचारका लागि बुनियाँ लेबल–२ अस्पताल लगिएको थियो । शान्ति सेनाको पहिलो डफ्फा कङ्गोमा खटिएका गुरुङको उपचारका क्रममा ज्यान गएको नेपाली सेनाले पुष्टि गरेको छ । प्रधान सेनापति महारथी प्रभुराम शर्माले ज्यान गुमाएका गुरुङप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।