काठमाडौं : सशस्त्र प्रहरीले वीरगन्जबाट दुई वटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। प्रज्ञापन पत्र विना वीरगन्जबाट पथलैजा जाँदै गरेका दुई वटा ट्रक प्रहरीले मंगलबार राति नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका ट्रकमा ना ७ ख ९४२ र ना २ ख ९५४३ रहेका छन्। सशस्त्र प्रहरी बल १३ नम्बर मुख्यालय पर्साबाट खटिएको टोलीले राति साढे ८ बजे ट्रक नियन्त्रणमा लिएको हो।
ना ७ ख ९४२ नम्बरको ट्रकमा ५१ लाख ९२ हजार रुपैयाँ बराबरको कपडा र मालसामान रहेको उक्त मुख्यालयले जनाएको छ।
यस्तै, ना२ख ९५४३ नम्बरको ट्रकमा ९४ लाख ५३ हजार रुपैयाँ बराबरको मेडिकल सामग्री, औषधी र खुद्रा सामानहरू थिए। प्रहरीले दुबै ट्रकलाई आवश्यक कारबाहीका लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ।
तपाइँको प्रतिक्रीया