काठमाडौं : भक्तपुरको चागुँनारायण नगरपालिका ६, नगरकोट, गैरीगाँउबाट आठ लाख २२ हजार ६० रुपैयाँसहित १३ ‘जुवाडे’ पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेका हुन ।
पक्राउ परेका उनीहरूको साथबाट सो रकमसहित १६ थान कौडा समेत बरामद भएको प्रहरीले जनाएको छ ।
मनबहादुर तामाङले आफ्नै तीनतले घरमा सञ्चालन गरेको न्यु गन्तव्य रेस्टुरेन्ट एन्ड होटेलमा जुवा कौडा खेलाइरहेको अवस्थामा उनीहरू पक्राउ परेको जनाइएको छ ।
तपाइँको प्रतिक्रीया