२०८२ जेठ ३२ शनिवार

राशिफल

झापामा करेन्ट लागेर १ जनाको मृत्यु

काठमाडौं : झापाको हल्दिबारी गाउँपालिका २ पशुपति चोक स्थितमा करेन्ट लागि एक जनाको मृत्यु भएको छ ।

बुधबार बिहान सवा ७ बजे कन्चन निर्माण सेवाको बा. ज ७७४७ नम्वरको टिपरबाट गिट्टी अनलोड गर्ने क्रममा टिफरले बिधुतको तारमा छुँदा करेन्ट लागेर टिफर चालक हल्दिबारी ५ का ४८ बर्षीय बिक्रम तामाङ घाईते भएका थिए ।

उनलाइ तत्काल उपचारको लागि बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा अस्पतालमा पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको हो ।घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाटथप अनुसन्धान भईरहेको छ ।