काठमाडौं : मोरङको धनपालथान गाउँपालिका ३ डकुवा डाँडा स्थित रहेको एक ईटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबि एक बालकको मृत्यु भएको छ ।
हिजो दिउँसो साढे २ बजे ईटाभट्टाका कामदार भारत वेष्ट बंगालका लालतन आलमको २ बर्षीय छोरा अरमान मिँया खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा डुबि अचेत अवस्थामा भटिएका थिए ।
आफन्तले अचेत अवस्थामा फेला पारेका उनलाई तत्काल उपचारको लागी कोशी अस्पताल बिराटनगर ल्याएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।
तपाइँको प्रतिक्रीया