२०८२ जेठ ३२ शनिवार

राशिफल

अबको तीन दिनभित्र आचारसंहिता लागू हुने निर्वाचन आयोगको दावी

काठमाडौं  : स्थानीय चुनावको आचारसंहिता अबको तीन दिन भित्र लागू गर्ने स्पष्ट पारेको छ । आचारसंहिता कार्यान्वयन गराउनका लागि संस्थागत गृहकार्य भइरहेको र तीन दिनमा काम सकिने आयोगले जनाएको हो ।

‘भोलिसम्म आयोगले सबैतिर हेर्नेगरी जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रशासनलाई जिम्मेवारी दिने र त्यो जिम्मेवारी जिल्ला निर्वाचन कार्यालय खुलेपछि निर्वाचन अधिकृतहरूले सम्हाल्ने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताए ।

‘सम्बन्धित निकायहरूलाई क्रियाशील गराएर आचार संहिताको प्रभावकारी कार्यान्वयन गराउन अधिकारसहितको संस्थागत व्यवस्था गर्ने समेत आयोगले जनाएको हो । भोलि यो व्यवस्था गरिसकेपछि ७७ वटै जिल्लामा सर्कुलर गर्ने र त्यसको दुई दिनभित्र आचारसंहिता लागू हुने भएको छ ।

त्यसैगरी मिडिया र सामाजिक सञ्जालको अनुगमनका लागि आजै कार्यदल बन्ने जानकारी दिने थपलियाले बताएका हुन । ‘आज बन्ने कार्यदल मिडिया र सामाजिक सञ्चालनको अनुगमनका लागि शुक्रबारदेखि नै क्रियाशील हुने र २५ गते कार्यदल क्रियाशील हुने बताइ्एको छ ।