२०८२ जेठ ३२ शनिवार

राशिफल

नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति निर्वाचनको मतगणना जारी

काठमाडौं :  नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति निर्वाचनको मतगणना जारी छ ।

हालसम्मको मत परिणामअनुसार अध्यक्षका प्रत्यासी गोपालकृष्ण घिमिरे करिब ५ सय मतले अगाडि छन् । बिहान ११ः३० बजेसम्मको मतगणनाअनुसार गठबन्धनबाट अध्यक्षका प्रत्यासी बनेका गोपालकृष्ण घिमिरेले ९३२ मत पाएका छन् ।

प्रगतिशील समूहबाट उम्मेदवारी दिएका विष्णुमणि अधिकारीले ४६३ मत पाएका छन् । सत्ता गठबन्धनका तर्फबाट प्रत्यासी बनेका घिमिरेले एमाले निकटका उम्मेदवार अधिकारीलाई करिब ५ सय मतले पछि पारेका छन् ।

महासचिवका उम्मेदवारमध्ये गठबन्धनकी अन्जिता खनालले ८३६ मत पाउँदा प्रगतिशील खेमाका केदारप्रसाद कोइरालाले ५५० मत पाएका छन् । महासचिवमा भने सत्ता गठबन्धनकी उम्मेदवार खनाल मात्र २८६ मतले अगाडि छन् ।

नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलकाअनुसार महासचिव बाहेक अन्य सबैजसो पदमा सत्ता गठबन्धनका उम्मेदवारहरू करिब ४ सय मत अन्तरले अगाडि छन् । हालसम्म करिब १ हजार ५ सय मत गनिएको छ ।

हालसम्म प्रदेश नम्बर १ को विराटनगरबाहेक अन्य सबै स्थानको मत गनि सकिएको छ भने प्रदेश नम्बर २ को राजविराजको मत गन्न बाँकी छ ।