काठमाडौं : चालु आर्थिक वर्ष २०७८\७९ (सन् २०२२) मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । बुधबार एसियन डेभलपमेन्ट आउटलुक २०२२ सार्वजनिक गर्दै एसियाली विकास बैंक (एडीबी) ले यस्तो प्रक्षेपण गरेको हो ।
एडीबीको यो प्रक्षेपण विश्व बैंकको प्रक्षेपणसँग मिल्छ । तर, नेपाल सरकारले भने बजेटमा ७ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हु
महामारीविरुद्ध खोप अभियान जारी रहेको, आर्थिक गतिविधिहरु क्रमशः सामान्य बन्दै गएका कारण समेत उक्त लक्ष्य प्राप्त हुने एडीबीले जनाएको छ । तर, युक्रेन–रुस युद्धका कारण विश्वव्यापी रुपमा आएको आर्थिक मन्दी, अवरुद्ध व्यापार प्रवाह, कच्चा तेल तथा अन्य वस्तुको मूल्यका कारण भने मुद्रास्फीतिमा चाप पर्ने एडीबीले उल्लेख गरेको छ ।
जसका कारण नेपालको भुक्तानी सन्तुलन र विदेशी मुद्रा संचितिमा थप दबाब पर्ने समेत एडीबीले जनाएको छ ।
अघिल्लो वर्षायाममा परेको प्रचुर वर्षातका कारण धानको उत्पादन राम्रो हुने अपेक्षा गरिएको थियो । तर, अक्टोवर मध्यमा परेको बैमासमी वर्षा र बाढीले बालीमा क्षति पुर्याएको थियो । यसले धानको उत्पादनमा समेत ९ प्रतिशतले कमी ल्याएको एडीबीले उल्लेख गरेको छ ।
तपाइँको प्रतिक्रीया