काठमाडौं : नेपाली काँग्रेस केही दिनमै सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । हिजो मंगलबार बसेको गठबन्धनको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको सहभागीबारे ठोस सहमति भएको थियो ।
काँग्रेस प्रदेश सभापति वीरबहादुर बलायरले प्रदेश सरकारमा सहभागिताबारे केन्द्रबाट खबर आएको जानकारी दिए । ‘
भर्खर मलाई केन्द्रबाट खबर आएको छ । आज–भोलिमा मन्त्रालयको विषय समाधान हुने लगाएत स्थानीय तह निर्वाचनको आचारसंहिता लागू नहुनुअघि सरकारमा सहभागी हुने गरी गृहकार्य अगाडि बढेको उनको भनाइ छ ।
चैत २५ गतेबाट चुनावी आचारसंहिता लाग्ने बुझिएको छ । सुदूरपश्चिम प्रदेशमा आज बिहान पनि प्रदेशस्तरीय गठबन्धनको बैठक बसेको थियो । बिहानको बैठकमा चुनावी तालमेलबारे छलफल केन्द्रित भए पनि अब सरकारमा काँग्रेसको सहभागिताबारे छलफल हुने बलायरको भनाइ रहेको छ ।
तपाइँको प्रतिक्रीया