काठमाडौं : तनहुँको ब्यास नगरपालिका भारी मतान्तरसहित नेपाली कांग्रेसका उम्मेदवारले जितेको पालिका हो ।
प्रदेश र संघको निर्वाचनमा कांग्रेसले नै कारबाही गरेका पूर्व सह महामन्त्री गोविन्दराज जोशीका कारण कांग्रेस उम्मेदवार पराजित भएका आकलन गर्ने गरेका छन । आगामि स्थानीय चुनावमा जोशीका छोरा ब्यास नगरको मेयर उठ्ने घोषणा जाहेर गरेका छन ।
पेशाले इन्जिनियर समेत रहेका दीपकराज जोशीले ब्यासमा सम्पर्क कार्यालय खोलेका संचालन गरेका छन ।
उनी लामो समय देखि नेविसंघको राजनीतिमा सक्रिय थिए । लामो समय अमेरिकामा इलेक्ट्रिकल इन्जिनियरका रूपमा काम गरेर नेपाल नेपाल फर्केपछि देशको राजनीति तल्लो तहबाटै सुधारिनुपर्ने उनले बताउँदै आएका छन ।
बुधबार कार्यालय स्थापनापछि उनले व्यासलाई बस्न लायक सहरको रूपमा विकास गर्ने बताएका छन् । कार्यालय संविधान सभा सदस्य उर्मिला थापा र पत्रिका वितरक कृष्ण पोख्रेलले उद्घाटन गरेका हुन् ।
तपाइँको प्रतिक्रीया