२०८२ जेठ ३२ शनिवार

राशिफल

टेलिकमभित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरू आन्दोलित

काठमाण्डौ :  नेपाल टेलिकममा टेलिकमभित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरू आन्दोलित भएका छन् ।

आज बुधवार टेलिकमको केन्द्रीय कार्यालयमा नेपाल टेलिकम वर्कश युनियनले खबरदारी सभाको आयोजना गर्दै प्रबन्ध निर्देशकमा टेलिकमभित्रकै वरिष्ठ व्यक्तिलाई नियुक्त गर्न माग गरेको हो ।

सरकारले रिक्त रहेको प्रबन्ध निर्देशकको पदमा नियुक्ति गर्ने तयारी गरिरहेका बेला कर्मचारीहरूले बाहिरबाट व्यक्ति ल्याएर प्रबन्ध निर्देशक बनाउन नहुने भन्दै खबरदारी गरेका हुन् ।

टेलिकममा संस्था बुझेको, संस्थामा भिजेको र लगानी गरेको मान्छे प्रबन्ध निर्देशक हुनुपर्ने नेपाल टेलिकम वर्कश युनियन केन्द्रीय समितिका अध्यक्ष राजेन्द्रप्रसाद जोशीले बताए । टेलिकममा बाहिरी हस्तक्षेप हुन लागेको भन्दै उनले बाह्य हस्तक्षेपबाट मुक्त गराउनका लागि खबरदारी गरिएको बताएका छन् ।

 

उनका अनुसार ‘विभिन्न किसिमका सेटिङका कुराहरू पनि आएकाले नेपाल टेलिकमलाई बाह्य हस्तक्षेपबाट नभएर संस्था बुझेको मान्छेले मात्र यो संस्थालाई हाँक्न सक्छ