२०८२ जेठ २२ बुधबार

राशिफल

५ देखि ११ वर्ष सम्मका बालबालिकाले किन पाएनन् कोभिड–१९ विरुद्धको खोप ?

काठमाडौं  :  सरकारले ५ देखि ११ वर्ष सम्मका बालबालिकाका लागि कोभिड १९ विरुद्धको खोप अझै खरिद प्रक्रियामा रहेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकाको खोप खरिद प्रक्रियामै रहेको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा .विवेककुमार लालका अनुसार बालबालिकाका लागि ल्याउने भनिएको खोप खरिद प्रक्रियामै रहेकाले खोप खरिद प्रक्रियामै रहेको र फाइल स्वास्थ्य मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पुगेको बताएका छन् ।

१२ वर्षमाथिका सबै उमेर समूहले खोप दिइरहँदा ५ देखि ११ वर्षसम्मका बालबालिकाले भने खोप लगाउन पाएका छैनन् । मन्त्रालयका उच्च अधिकारीहरुले वैशाखदेखि जेठभित्र बालबालिकालाई खोप दिइने बताउँदै आएका छन् ।