काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर अचानक अस्वस्थ भएपछि उनलाई ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ ।
पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नवलपरासी र रुपन्देही गएका अध्यक्ष ठाकुर आज अचानक अस्वस्थ भएपछि हेलिकप्टरबाट उनलाई ग्राण्डी अस्पताल ल्याइएको लोसपाका कार्यकारिणी सदस्य अकवाल अहमदले जानकारी दिए ।
‘अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेका र स्थानीय डाक्टरले थप उपचारका लागि काठमाडौँ लग्न भनेपछि हेलिकप्टरबाट ग्राण्डी अस्पताल पठाइएको उनले बताए ।
अध्यक्ष ठाकुर हिजो नवलपरासीमा आयोजित आमसभालाई सम्बोधन गरेका थिए । आज रुपन्देहीको भैरहवामा पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुने कार्यतालिका थियो तर बिहान चार बजे अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनला्यृ काठमाडौं ल्याइएको हो ।
तपाइँको प्रतिक्रीया