काठमाडौं : मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूलाई सरकारले दिने भनिएको उपचार खर्च व्यक्तिले आफ्नो पालिकाबाट पाउने भएका छन् ।
सरकारले गत चैत १३ गते मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइराख्नु परेका, क्यान्सर समस्या भएका र मेरुदण्डको पक्षघात भएका व्यक्तिहरूलाई मासिक पाँच हजार रुपैयाँको दरले उपचार खर्च दिने निर्णय गरेको थियो ।
बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता समीरकुमार अधिकारीले सरकारले स्वीकृत गरेको कार्यविधि अनुसार सो रोगका व्यक्तिहरूको लगत सम्बन्धित वडामा हुने र सम्बन्धित पालिकामार्फत नै व्यक्तिगत खातामा रकम जम्मा हुने व्यवस्था रहेको जानकारी दिएका छन् ।
नेपाल सरकार मन्त्रिस्तरको निर्णयबाट चैत्र १३ गते मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरू, डायलाइसिस गराइराख्नु परेका व्यक्तिहरू, क्यान्सर समस्या भएका व्यक्तिहरू र मेरुदण्डको पक्षघात भएका व्यक्तिहरूलाई मासिक रूपमा पाँच हजार रुपैयाँ उपचार खर्च बापत सरकारले उपलब्ध गराउने भनेर त्यसको कार्यविधि स्वीकृत भएको हो ।
यसको कार्यक्रम अगाडी नै नीति तथा कार्यक्रम आउँदा नै सरकारले कार्यक्रममै उल्लेख गरेर, समावेश गरेर सार्वजनिक गरेको विषय तर कार्यविधि नभएको अवस्थामा यसलाई कार्यान्वयनमा लैजान सकिएको नसकिएको उनले बताए ।
त्यस बापतको रकम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई शोध भर्ना माग गरिने र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अर्थ मन्त्रालयको समन्वयमा सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराउने गरी यो कार्यविधिमा व्यवस्था गरिएको उनको भनाइ छ । यसमा पहिले पेन्सन पाइराखेका व्यक्तिहरूको हकमा यो रकम उपलब्ध हुने छैन ।
‘त्यसबाहेक अरू भत्ताहरू, ज्येष्ठ नागरिकको भत्ता, एकल महिलाको भत्ता पाउनु भएको छ भने त्यस्ता व्यक्तिहरूलाई यो कार्यविधिले कुनै बाधा पार्ने नपार्ने उनको भनाइ छ ।
तपाइँको प्रतिक्रीया