२०८२ जेठ ३२ शनिवार

राशिफल

गण्डकीका खेलकुद मन्त्री दीपक मनाङेले कर्मचारी माथि गरे हातपात

काठमाडौं :  गण्डकीका खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कर्मचारी माथि हातपात गरेका छन् ।

उनले मंगलबार अफिस छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझालाई कुटपिट गरेको बताइएको छ । यद्यपी यसबारे कसैले पनि खुलेर कुरा गरेका छैनन् ।

‘मैले पनि अनौपचारिक रूपमा त्यही सुनेको छु । म अहिले बाहिर छु,’ मन्त्रालयका सचिव बद्रनाथ अधिकारीले भने, ‘मन्त्रालय गएपछि मात्रै थाहा होला ।’ कुटिएका भनिएका कर्मचारी ओझाको फोन स्विच अफ छ । घटना के कारणले भएको भन्ने पनि खुलेर कुरा गर्न सकेका छैनन् । भनाभन भएको हो भन्ने सुनिएपनि कुटपिट नै भएको पनि हुन सक्ने अनुमान गरिएको छ ।

मनाङेले मन्त्री हुनुअघि पनि कास्की एन्फाका अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेका थिए ।