२०८२ जेठ ३२ शनिवार

राशिफल

चैत्र २५ र २६ गते हिसानको आठौँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा हुने

काठमाडौं :  उच्च माध्यमिक विद्यालय संघले आठौँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने भएको छ । आज बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी उच्च माध्यमिक विद्यालय संघ (हिसान) ले यही चैत्र २५ र २६ गते औठौं महाधिवेशन गर्ने जानकारी दिएको हो ।

हिसानमा अध्यक्ष रमेश कुमार सिलवालले राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा आठौँ महाधिवेशन सुरुवात गरिने जानकारी दिए ।

महाधिवेशनको अवसरमा नेपालमा शिक्षाको सबलीकरण र निजी क्षेत्रको योगदान भन्ने विषयमा एक दिवसीय हिसान बहससमेत हुने अध्यक्ष सिलवालले बताए । यस अध्यक्ष सिलवालले महाधिवेशनले देशभर संचालित निजी शिक्षालयहरू बीचको एकतालाई मजबुत बनाउने विश्वास व्यक्त गरे ।