२०८२ जेठ ३२ शनिवार

राशिफल

मूल्यबृद्धि नियन्त्रण नगरे देशमा आन्दोलनको अवस्था सिर्जना हुने अनेरास्ववियुको चेतावनी

काठमाडौं  :  एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले मूल्यवृद्धि नियन्त्रण र देशको आर्थिक संकटको समाधानतर्फ लाग्न सरकारको ध्यानाकर्षण गराएको छ ।

अध्यक्ष सुनिता बरालले बुधवार विज्ञप्ति जारी गर्दै गठबन्धन सरकारले मुलुकलाई अँध्यारो मार्गतर्फ लागेकोे भन्दै मूल्यवृद्धि, कालोबजारी र छिमेकी मुलुकको चाकडी अन्त्य गर्न, मूल्यवृद्धि नियन्त्रण गर्न र आर्थिक संकटको तत्काल समाधानतर्फ लाग्न सरकारसँग माग गरेकी हुन् ।